Comments Add Comment

किन बुढाहरुले मात्र पाउँछन् नोबेल पुरस्कार ?

professor digihubयो वर्ष अहिलेसम्म जति जनाको नोबेल पुरस्कारका लागि नाम घोषणा भएको छ उनीहरुको उमेर ६५ देखि ८२ वर्षसम्म छ ।

यो वर्ष सन् २०१६ मा भौतिक विज्ञान, चिकित्सा शास्त्र, रसायन शास्त्र, शान्ति तथा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउनेहरु सबै पुरुष रहे । चिकित्सा शास्त्रमा नोबेल पुरस्कार पाउने जापानी वैज्ञानिक योसिनोरी ओसुमीको उमेर ७१ वर्ष छ । शान्तिका लागि नोबेल पुरस्कार पाउने कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसको उमेर ६५ वर्ष छ । त्यस्तै भौतिक शास्त्रका नोबेल पुरस्कार विजेताहरुको उमेर क्रमशः ८२ वर्ष, ७३ वर्ष र ६५ वर्ष छ । त्यस्तै रसायन शास्त्रमा नोबेल पुरस्कार पाउनेहरुको उमेर क्रमशः ७४ वर्ष, ७१ व्र्ष र ६५ वर्ष छ । अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने ओलिभर हार्टको उमेर ६५ वर्ष र बेंग्ट होल्मस्ट्रोमको उमेर ६७ वर्ष छ । यसरी यो वर्ष अहिलेसम्म नोबेल पुरस्कार पाउनेहरुको औषत उमेर झण्डै ७० वर्ष रहेको छ ।

२० औँ शताब्दीको पहिलो ६ महिनालाई हेर्दा नोबेल पुरस्कार विजेताहरु औषत ५६ वर्षका थिए । उतिबेला भौतिक शास्त्रमा नोबेल पुरस्कार पाउनेहरुको औषत उमेर ४७ वर्ष थियो । जबकी अहिले भने ६० को दशकको उत्तरार्द्ध हुने गरेको छ । यो वर्ष त एकजना भौतिकशास्त्रीको उमेर ८२ वर्ष छ ।

वास्तवमा परम्परागत विज्ञानमा जिवनको उत्तरार्द्धतिरका वैज्ञानिकहरुले मात्र नोबेल पुरस्कार पाउने एउटा प्रवृत्ति देखा परेको छ, जुन सन् १९५० देखि सुरु भएको थियो र अहिलेसम्म जारी छ ।

आज ज्ञानको दायरा बढिरहेको छ । आज यति धेरै जानकारी तथा सिद्धान्तका साथै शोधकार्य भैरहेका छन् जसका कारण कुनै साधकले वैज्ञानिक सफलता प्राप्त गर्न बुढेसकालसम्म कुर्नपर्छ ।

नोबेल संग्राहलयका एक वरिष्ठ क्यूरेटर गुस्ताव कास्ट्रेण्डका अनुसार १ सय वर्ष पहिले केवल १ हजारको संख्यामा भौतिकविद थिए । आज विश्वमा भौतिक वैज्ञानिकको संख्या १० लाख जति छ ।

उनी भन्छन् – त्यसैले यो नै एक महत्वपूर्ण कारक हो । नोबेल पुरस्कार प्राप्त गर्ने समय लम्बिरहेको छ र तपाइँलाई एउटा सफलता प्राप्त गरेलगत्तै पुरस्कार प्राप्त हुँदैन ।

यहाँसम्म की अहिले वैज्ञानिकहरुले प्रारम्भिक जिवनमै अनुसन्धान सुरु गर्दछन् तर उनीहरुजस्तै अरु हजारौँले पनि सोही कुरामा अनुसन्धान गरिरहेका हुन्छन् । यस्तोमा नोबेल पुरस्कार छनोट समितिलाई पनि एक उच्चस्तरको सत्यापनको आवश्यकता पर्दछ, सोही कारण पनि पुरस्कार जित्नमा कुनैपनि वैज्ञानिकलाई लामो समय लाग्दछ ।

तर यो सवालले अहिलेपनि सताइरहेको छ । एक सय वर्ष पहिलेको तुलनामा आज शान्तिको क्षेत्रमा कामगर्ने मानिसहरु, लेखकहरु तथा अर्थशास्त्री लगायतका मानिसहरु पनि लाखौँ लाख बढि छन् । तर नोबेल पुरस्कार प्राप्त गर्नमा उनीहरुको उमेरको रुझान नितान्त फरक छ । र आखिर भौतिक शास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिक चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गर्नेभन्दा किन निकै पाको उमेरको हुन्छ ?

nobel

यो सबै २० औँ सताब्दीको प्रारम्भमा आएको क्वान्टम प्रविधिको तिव्र वैज्ञानिक क्रान्तिको प्रभाव थियो जतिबेला सानो उमेरका भौतिकशास्त्रीले समेत नोबेल पुरस्कार प्राप्त गरे ।

गुस्तावका अनुसार बिसौँ सताब्दीको पहिलो ६ महिनामा भौतिक विज्ञान एक तिव्र रुपमा बढिरहेको क्षेत्रको रुपमा थियो । कैयन् भौतिकशास्त्री युवाहरु थिए जसले तिव्र रुपमा खोज अनुसन्धान गरिरहेका थिए । र, नोबेल समितिलाई सो कुराको जानकारी थियो ।

भौतिक शास्त्रको उक्त क्षेत्रमा नोबेल समितिको पनि दिलचस्पी थियो र उपलब्धीहरुलाई तिब्र रुपमा पहिचान गरिरहेको थियो ।

वर्नर हाइजेनबर्ग र पल डिराकले सन् १९३० मा भौतिक शास्त्रको नोबेल पुरस्कार पाउँदा केवल ३१ वर्षका थिए । दुबैलाई क्वान्टम प्रविधिमा काम गरेबापत नोबेल पुरस्कार दिइएको थियो ।

त्यो एउटा नयाँ टूल किटको आविष्कार गरेजस्तै थियो । औषत दर्जाका भौतिकशास्त्रीहरुले पनि भौतिक विज्ञानको महान आविष्कार गर्न सक्दथे उबेला ।

सोही कारणले नै शान्ति पुरस्कार विजेताहरु नोबेल पुरस्कार विजेताको उमेर बढाउने चलनको विरोध गरिरहे । अब यो पुरस्कार निकै फरक बनिसकेको छ ।

गुस्तावका अनुसार शान्तिको नोबेल पुरस्कार छनोट समिति निकै आधुनिक हुने कोसिस गर्दछ ।  शान्तिको उपाय पूर्ण रुपमा सफल होला वा नहोला भन्ने कुरा हेर्नका लागि उसले पर्खिँदैन । उदाहरणका लागि उसले हेर्दैन की इण्डोनेसियामा प्रजातन्त्र कहिलेसम्म रहला ?

विज्ञान तथा मानवीय कार्यहरुमा यी सबै परिवर्तनका बाबजुत तपाइँ एउटा कुरा जसमा भरोसा गर्न सक्नुन्छ की नोबेल पुरस्कार विजेताहरु जबर्जस्त पुरुषहरु नै हुनेछन् ।

तिव्र रुपमा बढिरहेको वैज्ञानिकहरुको जनसंख्याले पुरस्कारका लागि विजेताहरुलाई वर्षौसम्म पर्खिन बाध्य गराउनेछ ।

विज्ञानको क्षेत्रमा पुरुषको प्रतिनिधित्व अहिले पनि अधिक छ । तर जब विविधतामा सुधार आउनेछ र पुरस्कारका लागि मार्ग प्रसस्त हुनेछ, तब सायद नोबेल पुरस्कारको प्रतिनिधित्वमा पनि लैंगिक बराबरी एक वास्तविकता बन्न सक्नेछ ।

नोबेल संग्राहलयका अनुसार नोबेल समितिले जानीबुझी महिलाहरुको कामलाई नजरअन्दाज गर्ने चाहीँ गरेको छैन ।

जब सन् १९०३ मा म्याडम क्यूरीलाई नोबेल पुरस्कारका लागि मनोनित गरिएन तब उनका पति तथा विकरणधर्मीताका संयुक्त शोधकर्ताले यसको विरोध गरे र नोबेल पुरस्कार स्विकार गर्न अस्विकार गरे । पछि नोबेल पुरस्कार छनोट प्यानलले ढिलो गरी म्याडम क्यूरीको नाम समेत संलग्न गरी दर्ता गरिएको सन् १९०२ को मनोनयन स्विकार गर्यो । र, म्याडम क्यूरी नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो महिला बनिन् । बीबीसी, नोबेल प्राइज डट ओ आर जी लगायतको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment