Comments Add Comment

पाँडे र जिग्रीलाई पनि पेटको समस्या

pade jikriकाठमाडौं । हाँस्य कलामा रमाउँदै आएका तीन कलाकारलाई अहिले पेटको समस्या परेको छ । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पेटको उपचारपछि तंगि्रएर काममा फर्किएको वेला अर्का कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’लाई पेटको समस्या देखिएको छ । पाँडे यो दसैंमा एक साता अस्पताल बस्न वाध्य भए ।

पेट दुखेपछि हैरान भएका पाँडे अष्टमीको दिन अस्पताल भर्ना भएका थिए, भने आठौं दिनको दिन डिष्चार्ज भएका छन् । वेला वेलामा पेट दुखे पनि वास्ता गरेका थिएनन् । पाँडे दसैंको अष्टमीको दिन असैह्य भएपछि अस्पताल भर्ना भए । उनको अप्रेसन नै गर्नु पर्‍यो ।

दसैंको अवसरमा ८ वटा जति कार्यक्रममा सहभागी हुने योजना थियो उनको । सबै योजना भत्किए अस्पतालकै बेडमा दसैं माने । ‘अस्पतालमा बसेपछि केको दसैं मान्नु, उपचारमै बित्यो’ पाँडेले भने । अबको एक महिना पुरै आराम गर्ने सल्लाह दिएका छन् डक्टरले ।

त्यसो त पाँडेकै जोडी कुमार कट्टेल ‘जिग्री’ पनि अहिले पेटको समस्या बढेपछि औषधि खान थालेका छन् । कलाकारितामा लाग्दै गर्दा उनलाई जण्डिस भएको थियो । कुमार भन्छन् ‘त्यही जण्डिस बल्भिmए जस्तो छ अहिले डक्टरको सल्लाहमा औषधि खाँदैछु’ कुमारले भने ।

औषधिले ठिक भएन भने उनको पनि पाँडेको जस्तै अप्रेशन गर्नुपर्ने सुझाब डक्टरले दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment