Comments Add Comment

वागमतीमा महिलाको शव भेटियो

१ कात्तिक, काठमाडौं । बिभिन्न जिल्लामा सोमबार भएका छुट्टा छुट्टै घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।

DeadbodyofWoman
फाइल तस्वीर

कीर्तिपुर नगरपालिका-१५ टौदह नजिक बागमती खोलामा एक महिला मृत फेला परेकी छन् । नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा उपमहानगरपालिका-१४ चाउथे स्वागतनगर बस्ने ३४ वर्षीया निर्मला अधिकारी सोमबार आफ्नै घरको बैठक कोठामा मृत अवस्थामा फेला परेकी छिन् । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

म्याग्दीको बावियाचौर-३ बस्ने ४८ वर्षीय हर्क अधिकारी सोमबार बावियाचौर-५ ताराखेतस्थित कुलोमा मृत अवस्थामा फेला परेका छन् ।

पर्साको विरगञ्ज उपमहानगरपालिका-१९ डेरा गरी बस्ने भारत मोतिहारी सुगौली घर भएका १५ वर्षीय सुरज साह तुरहाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार सोही ठाउँको पोखरीमा डुबेर बेपत्ता भएका उनलाई खोजतलास गर्दा मृत अवस्थामा फेला पारिएको हो ।

सिन्धुलीको भिमेश्वर-१ खुर्कोट बस्ने ३२ वर्षीय शिव भन्ने युवराज प्रधान सोमबार बासेश्वर-९ सुँगुरेखोला स्थित सुनकोशी नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता भएका छन् ।

रौतहटको बसतपुर-८ बस्ने ७५ वर्षीया चन्द्रकला देवी गिरी सोमबार बसतपुर-९ चण्डियास्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी छिन् । स्थानीय प्रहरीले उनीहरुको खोजतलास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment