Comments Add Comment

दशैंको अष्टमीमा परेको हुलाक दिवस आज मनाइयो

पहिलो सेवाग्राहीलाई सम्मान गर्दै मनाइयो 

hulak-diwas

३ कात्तिक, सप्तरी । पहिलो आउने सेवाग्राहीलाई सम्मान गर्दै जिल्ला हुलाक कार्यालय सप्तरीले विश्व हुलाक दिवस मनाएको छ ।

विश्व हुलाक दिवस गत अक्टोबर ९ तारिकका दिन परेपनि त्यस दिन महाअष्टमी परेकाले हुलाक सेवा विभागले कात्तिक ३ गते अर्थात बुधबार यो दिवस मनाउन परिपत्र गरेको थियो ।

पत्र अनुसार जिल्ला हुलाकले पहिलो आउने सेवाग्राहीलाई सम्मान गर्दै दिवस मनाएको छ । सम्मानित हुने पहिलो सेवाग्राही संचारकर्मी नै परेका छन् ।

पत्रिका दर्ता गराउन राजविराजस्थित जिल्ला हुलाक कार्यालय पुगेका पत्रकार राजकुमार पासवानलाई सम्मानित गरिएको छ ।

पासवानलाई फूलको माला तथा अबिर लगाइदिदैं डायरी र डटपेन हस्तान्तरण गर्दै सम्मान गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख दक्षनारायण श्रेष्ठले जानकारी दिए ।

पासवान कंचनरुप साप्ताहिक पत्रिकाको दर्ता गराउन हुलाक कार्यालय पुगेका थिए । विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाकमा सरसफाई समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment