Comments Add Comment

अनुशासन समिति बनाउने कांग्रेसको तयारी

३ चैत, काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन भएको तीन वर्षपछि अनुशासन समिति गठनको तयारी गरेको छ । यसका लागि भोलि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

त्यसको अघिल्लो दिन पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुसँग परामर्श गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा भएको बैठकमा सकारात्मक कुराकानी भएपनि ठोस सहमति नभएको एक नेताले बताएका छन् ।

सभापति देउवा केन्द्रीय सदस्य भीष्मराज आङदाम्बेलाई अनुशासन समितिको सभापति बनाउने पक्षमा छन् । सदस्यमा देवेन्द्र कँडेल र किशोर सिंह राठोरको नाम अघि सारिएको छ ।

तर, देउवा इतरका नेताहरु भने अनुशासन समितिमा सबैलाई स्वीकार्य व्यक्ति ल्याउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment