Comments Add Comment

एमाले चितवनमा कृष्णभक्त पोखरेल विजयी

सचिवमा पार्वती रावलको जीत

९ कात्तिक, चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल निर्वाचत भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका जगन्नाथ (जेएन) थपलियालाई १ सय ४२ मत अन्तरले पराजित गर्दै माधवकुमार नेपाल पक्षका पोखरेल जिल्ला अध्यक्षमा विजयी भएका हुन् ।

krishnabhatka
कृष्णभक्त पोखरेल

पोखरेलले ४ सय ३१ मत ल्याए भने उनका प्रतिद्वन्द्वी थपलियाले २ सय ८९ मत मात्रै प्राप्त गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले यो जीत समग्र नेकपा एमाले कार्यकर्ताको भएको बताए ।

निर्वाचित भएलगत्तै सौराहामा प्रतिक्रिया दिँदै उनले एमाले गुटबन्दीमा नभएको भन्दै थपलियालार्इ पार्टीको अझ ठूलो पदमा  पुग्न आफूले सहयोग गर्ने बताए ।

उपाध्यक्षमा तेजेन्द्रबहादुर खड्का ४ सय २४ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी कृष्णप्रसाद भुर्तेलले २ सय ९३ मत पाए ।

सचिवमा ओली पक्षकी पार्वती रावल विजयी भएकी छन् । उनले ३ सय ७३ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी नारायण वनले ३ सय ४८ मत पाए ।

यस्तै उपसचिवमा सुर्यवदना हमाल ३ सय ८९ मतका साथ विजयी भइन् ।  सदस्य पदमा पनि अधिकांश  पोखरेलकै प्यानलबाट निर्वाचित भएका छन् ।

यस्तै लेखा कमिटी अध्यक्षमा केशव आचार्य निर्वाचित भएका छन् । उनले मुक्ति ढकाललाई पराजित गरेका हुन् । निर्वाचन कमिटी अध्यक्षमा कृष्णप्रसाद डोटेललाई पराजित गर्दै गोपीप्रसाद नेपाल निर्वाचित भएका छन् ।

रत्ननगरको होटल स्टार बैङ्क्वेटमा भएको अधिवेशनमा आइतवार राति मतदान गरिएको थियो । कूल ७४३ मतदातामध्ये ७ सय ३५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment