Comments Add Comment

प्रिमियर इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने

१० कात्तिक, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत बर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । कम्पनीले घोषणा गरेको लाभांसमध्ये २० प्रतिशत बोनस सेयर हो ।

premirer-insuranceकम्पनीले गत आर्थिक बर्ष कमाएको नाफाबाट लाभांसको घोषणा गरेको हो । गत वर्ष कम्पनीले १८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड ३७ लाख रुपैयाँ छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस नियामक बीमा समिति स्वीकृति पाएपछि र कम्पनीकै आगामी साभधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment