Comments Add Comment

दिल्लीमा पक्राउ परेका पाकिस्तानी कर्मचारी छुटे, ४८ घन्टाभित्र भारत छाड्नु पर्ने

११ कात्तिक, काठमाडौं । रक्षा मामिलासम्वन्धी कथित दस्तावेजका साथ दिल्लीमा पक्राउ परेका पाकिस्तानी उच्चायोगका एक कर्मचारीलाई ‘कूटनीतिक प्रतिरक्षा’ अनुसार छाडेको छ ।

india-pakistan-warपाकिस्तान उच्चायोगले भने भारत सरकारसँग विरोध जनाएको छ र, आफ्ना कर्मचारीमाथि लागेको आरोपको खण्डन गरेको छ ।

दिल्ली पुलिसका अनुसार पाकिस्तानी उच्चायोगका एक कर्मचारीबाट सीमा सुरक्षा बल एबीएसएफको तैनाथीबारे जोडिएको दस्तावेज थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार महमूद अख्तर नाम गरेका व्यक्ति पक्राउ परेका हुन् ।

स्वरुपका अनुसार उनले सुरुमा एक फर्जी आधार कार्ड देखाएर भारतीय नागरिक भएको पुष्टि गर्न खोजेका थिए । प्रहरी स्टेशनमा लगेपछि उनले पाकिस्तानी उच्चायोगमा काम गर्ने बताएको र आफ्नो कार्यालयमा सूचित गर्न आग्रह गरे ।

उनी सुरुमा बलूच रेजिमेन्टमा भर्ती भएका थिए । र, पछि इन्टर सर्विसिज इन्टेलिजेन्ट (आईएसआई)मा गए । उनी उच्चायोगको भिसा सेक्सनमा काम गर्ने गरेको बताइएको छ ।

भारत सरकारले महमूद अख्तर र उनको परिवारलाई ४८ घन्टाभित्र भारत छाड्न आदेश दिएको छ ।

पाकिस्तानले गर्‍यो खण्डन

समाचारहरुका अनुसार पाकिस्तानी उच्चायुक्त अब्दुल बासितले भारतीय विदेश सचिवले यसको कडा विरोध गरेको छ । र, यो भियना कन्भेन्सनको उल्लंघन भएको बताएका छन् ।

साथै उनले भविश्यमा पाकिस्तानी कर्मचारीसँग यस्तो घटना नदोहोरियोस् भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment