Comments Add Comment

उपप्रधानमन्त्री निधि नयाँ दिल्लीमा

Bimalendra Nidhi  (1)१७ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा माग लिन भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ ।

उपप्रधानमन्त्री निधिले नेपालका तर्फबाट भोलि बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । उपप्रधानमन्त्री निधिले विपद् जोखिममा नेपालले गरेका प्रयास एवम् भूकम्प र त्यसपछिको पुनःनिर्माणमा सरकारले गरेका कार्यका बारेमा जानकारी गराउनुहुनेछ ।

मङ्गलबार नयाँ दिल्ली प्रस्थान गर्नुभएका उपप्रधानमन्त्री निधि नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको तयारीका लागि सहभागी हुन भोलि नै स्वदेश फर्कनुहुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment