Comments Add Comment

मलेसियाको रिहायरिङ कार्यक्रममा जम्मा ९० हजार आबेदन, ५० प्रतिशतमात्र योग्य

zahid-hamidi-banglaक्वालालम्पुर । मलेसिया सरकारले अबैध बिदेशी कामदारलाई पुनः बैधानिक बनाउन थालेको ‘रिहायरिङ’ कार्यक्रममा ९० हजार अबैधानिक कामदारले मात्र आबेदन दिएका छन् ।

करिव १९ लाख अबैध बिदेशी कामदार मलेसियामा कार्यरत रहेको सरकारी अनुमान रहेकोमा निकै कमले मात्र पुनःभर्ना कार्यक्रममा सहभागीता जनाएका छन् ।

मलेसियाली गृहमन्त्री अहमद जाहिद हमिदिका अनुसार त्यसमध्ये झण्डै ५० प्रतिशत कामदार मात्र पुनः भर्ना कार्यक्रमका लागि योग्य देखिएका छन् ।

हालै क्वालालम्पुरमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री जाहिदीले सम्बन्धित देशका दूतावासले भेरिफिकेसन नगरिदिँदा आधा कामदारमात्र योग्य हुन पुगेको बताएका हुन् ।

मलेसियाले अबैधानिक कामदारलाई बैधानिक बनाउने योजनाअनुसार गत फेब्रुअरीदेखि नयाँ बिदेशी कामदार लिन बन्द गरेको थियो । तर, सरकारको यो निर्णयले बिदेशी कामदारमा आश्रति मलेसियाको अर्थब्यबस्था नै प्रभावित भयो भने यहाँ रहेका निकै कम अबैधानिक कामदारले मात्र पुनःभर्ना कार्यक्रमप्रति भरोसा देखाए ।

फर्निचर र प्लान्टेसन क्षेत्रमा मात्रै झण्डै ८ अर्ब रिंगेट घाटा

यसैवीच आठ महिनादेखि बिदेशी कामदार लिन नपाउँदा मलेसियाका उद्योगले कति ठूलो नोक्सानी बेहोर्न ब्याध्य भएका छन् भन्ने तथ्याङ्क बाहिर आइरहेका छन् । सरकारका गृहमन्त्रीले नै सार्वजनिक गरेको तथ्याङ्क अनुसार फर्निचर उद्योगले यो अबधिमा झण्डै ६ अर्ब ७० करोड रिंगेट घाटा बेहोरेका छन् ।

बिदेशी कामदारमा आश्रति मलेसियाको फर्निचर उद्योग बिश्वकै ठूला फर्निचर सप्लायर्समध्ये एक हो । बिदेशी कामदार नहुँदा उद्योगले तोकिएको समयमा अर्डर डेलिभरी दिन नसकेको गृहमन्त्रीले स्वीकारेको फ्रि मलेसियाटुडेले जनाएको छ ।
यसैगरी प्लान्टेसन उद्योगले १ अर्ब रिंगेटको नोक्सानी बेहोरेको उनले बताए ।

सरकारले बिदेशी कामदार लिन निश्चित एजेन्सीलाई जिम्मा दिन लागेको भन्ने समाचारको पनि उनले खण्डन गरे । उनले तत्कालै बिदेशी कामदार खुला गर्ने वा नगर्ने बिषयमा केही पनि बताएनन् । प्रोजेक्ट बेसिसमा बिदेशी कामदार ल्याउन दिने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment