Comments Add Comment

उच्चस्तरीय कार्यदलले बनायो पाँच प्रतिवेदन

१९ कात्तिक, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय कार्यदलले संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहलाई प्रदत्त एकल र सहवर्ती अधिकार सूची बमोजिम प्रत्येक तहले सम्पादन गर्नुपर्ने कार्य जिम्मेवारीलाई क्रियाकलापमा पहिचान गरी अधिकारको पूर्ण सूची तयार गरेको छ ।

Somlal-Subadiमुख्यसचिव डा. सोमलाल सुबेदीको संयोजकत्वमा रहेको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समन्वय समिति र त्यसमातहत रहेको थिमेटिक ग्रुपले त्यस्तो सूची तयार गरेको आजको नयाँ पत्रिकामा समाचार छ ।

थिमेटिक ग्रुपका संयोजकसमेत रहेका प्रधामन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले संघ, प्रदेश र स्थानीय तहले गर्ने कार्य र अधिकारीसहितको पूर्ण सूची समेटिएको पाँचवटा प्रतिवेदन तयार गरिएको जानकारी दिए ।

मुख्य सचिव सुवेदीले सो प्रतिवेदनलाई आफूले गहन अध्ययन गरि अन्तिम रुप दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment