Comments Add Comment

सिड्नीमा पुरानो डुंगा प्रदर्शनमा आउने

purano dhungaनिर कहिले रिसाउने ……..बोलको गीत यतिबेला चर्चामा छ । यही गीत समावेश गरिएको चलचित्र पुरानो डुगां नेपाल र अष्ट्रेलियामा रहेका दर्शकहरू माझ एक साथ प्रदर्शनमा आउने भएको छ ।

अहिले आक्रामक रूपमा आफ्नो प्रचार प्रसारलाई अगाडि बढाई रहेको यो चलचित्रलाई रामबाबु गुरूगंले निर्देशन गरेका हुन् । यस अघि उनले निर्देशन गरेको चलचित्र कबड्डी र कबड्डी कबड्डीले नाम र दाम राम्रै हात पारेको थियो ।

यो चलचित्रलाई अष्ट्रेलियामा ईपी माईग्रेसन र हो र होईन होला ईभेन्टसले प्रदर्शनको चाजो पाँचो मिलाएको हो । यी समूह अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रहरू प्रदर्शन गर्ने मामिलामा अगाडि मानिन्छन् ।

ईपीका खिलेन्द्र तिम्सिना कलाकारहरूको क्रेज कै कारण आफूहरूले यो चलचित्रलाई अष्ट्रेलियामा ल्याएको कुरा बताउँछन भने हो र होईन होलाका रोशन भट्टराईका अनुसार पुरानो डुगां नोभेम्बर २५ र २६ मा सिड्नीको टाउन हलमा रहेको ईभेन्टस सिनेमामा पर्दशन हुने छ ।

२८ नोभेम्बरमा हर्सभिलमा रहेको ईभेन्टस सिनेमा हलमा लाग्ने छ । चलचित्र प्रदर्शन समारोहमा सहभागि हुन नेपालबाट निर्देशक रामबाबू गुरूगं , नायक दयाहांग राई र निर्माता रौनक विक्रम कंडेल पनि अष्टेलिया आउने भएको छन । उनिहरूको भिषा लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment