Comments Add Comment

प्रियंका र दयाहाङ पूर्वाञ्चल टुरमा

dayahang and priyankaकाठमाडौं । पूर्वको शहर दमकवाट पूर्वाञ्चल टुर सुरु गरेका चलचित्र ‘पुरानो डुंगा’ को टिम शुक्रवार बिहान धरान आइपुगेको छ । दमकमा पहिलो कार्यक्रम गरेको टोलीले विर्तामोडको पाथिभरा सिनेमा हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए भने बिराटनगरको हिमालय सिनेमा हलमा पनि पुगे ।

मोफसलका दर्शकसँग साक्षात्कार गरेपछि सिनेमा र दर्शकको सम्बन्ध सुमधुर हुन्छ भन्ने मान्याता राख्ने निर्देशक रामबाबु गुरुङ फिल्म रिलिज अघि नै देश दौडाह गर्ने अभियानमा छन् । ‘दर्शकसंगै कुराकानी गरेपछि फिल्मप्रति दर्शक सकारात्मक हुन्छन्’ निर्देशक गुरुङले भने । पूर्वाञ्चलका विभिन्न शहरमा कार्यक्रम गरेपछि पश्चिम लाग्ने उनीहरुको योजना छ ।

दर्शकसँग साक्षात भेटेर कुरा गर्दा रमाइलो लागेको धारणा राख्ने प्रियंकाले यात्रा आफैंमा रमाइलो भएको बताइृन् । डुंगा चलाएर जीबीकोपार्जन गर्ने दाजुभाईको कथामा आधारित चलचित्रमा दयाहाङ, पि्रयंका र माओत्से गुरुङले मुख्य भुमिका निर्वाह गरेका छन् । यसअघि कबड्डी कबड्डी बनाएका गुरुङले दर्शकलाइ सन्तुष्ट बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment