Comments Add Comment

अनलाइनखबर डटकम अब भाइबरमा पनि

ok-vibar

नेपालको नम्बर एक न्यूजपोर्टल अनलाइनखबर डटकम अब भाइबरमा पनि उपलब्ध भएको छ । अनलाइनखबर डटकममा अपलोड भएका ताजा समाचारबारे भाइबर प्रयोगकर्ताले अब तत्कालै जानकारी पाउनेछन् ।

यसका लागि भाइबर प्रयोगकर्ताले पब्लिक अकाउन्ट सेक्सनमा गइ Onlinekhabar  सर्च गरेर वा यो लिंकमार्फत फलो गर्न सकिने छ ।

पब्लिक अकाउन्टमा फलो गरेपछि अनलाइनखबरले सेयर गरेका समाचार र सूचनाहरु तत्कालै फलोअरहरुले पाउनेछन् । यसका अतिरिक्त च्याटबटमार्फत् च्याटगरेर तपाइँले तत्कालै आफुले चाहेको सूचना पाउन सक्नुहुन्छ ।

कसरी प्रयोग गर्ने च्याटबट ?

भाइबरमा अनलाइनखबर पब्लिक अकाउन्ट फलो गरेपछि तपार्इले चाहेको बेला समाचार क्याटगोरी टाइप गरेर पछिल्ला अपडेटहरुको सूची मोबाइलमै पाउनसक्नुहुन्छ ।

यदि तपार्इलाई पछिल्ला ताजा समाचार जान्न चाहानुहुन्छ भने News टाइप गरी पठाउनुहोस् । यस्तै बिजनेस समाचारका लागि Business टाइप गर्नुहोस्,खेलकुद समाचारका लागि Sports र मनोरञ्जन समाचारका लागि Entertainment टाइप गर्नुहोस् ।

अनलाइनखबरका सवै खण्डमा अपडेट भएका पछिल्ला न्यूजका लागि Latest, पछिल्ला केही घण्टामा धेरै पढिएका समाचारका लागि Trending र यो साता बढिपढिएका समाचार थाहा पाउन Popular टाइप गर्नुहोस् ।  अनलाइनखबरले बिभिन्न सोधेका बिभिन्न पोलमा सहभागी भएर तपार्इ आफ्नो मत पनिदिनसक्नुहुन्छ । च्याटबट प्रयोग गर्न यो लिंक क्लिक गर्नुहोस् । यो प्रयोग गर्न भाइबरको पछिल्लो संस्करण अपडेट गर्नुपर्छ ।

च्याटबट हाल परिक्षण संस्करणमा रहेको हुँदा यसलाई आगामी दिनमा थप परिमार्जित गर्दै लगिने अनलाइनखबर डटकमका संस्थापक एवं प्रधानसम्पादक धर्मराज भुसालले जानकारी दिए ।

भाइबरले ब्यबसाय, ब्यक्तित्व र ब्राण्डहरूलार्इ बिश्वब्यापी फलोअरहरसमक्ष पुराउन बिहीबारदेखि पब्लिक अकाउन्ट सेवा सुरू गरेको हो । पब्लिक अकाउन्टमा च्याटबट सुरू गर्ने अनलाइनखबर पहिलो न्यूजपोर्टल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment