Comments Add Comment

टिकटकमाथि ५७ करोड जरिवाना

छोटो भिडियो शेयरिङ एप टिकटकमाथि अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ ।

बालबालिका सम्बद्ध डाटाको गोपनियता सम्बन्धी मुद्दामा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

साथै टिकटकले अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था पनि लागू गर्नुपर्नेछ ।

अमेरिकाको संघीय व्यापार आयोगले टिकटकद्वारा कम उमेरका बालबालिकाका सामाग्रीहरु समेत विना रोकतोक संग्रहित तथा प्रशारण गर्ने गरेको जनाएको छ ।

स्मरण रहोस् सुरुमा म्युजिकली नामक एपको रुपमा रहेको यो एप पछि टिकटकमा समाहित भएको थियो ।

आयोगले बालबालिका सम्बद्ध सामाग्रीहरु हटाउन टिकटकलाई आदेश दिएको छ ।

अबदेखि अमेरिकामा टिकटक प्रयोगकर्ताले यस एपमा लगइन गर्नका लागि आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ ।

यद्यपि अन्य सोसल मिडिया प्लाटर्फममा जस्तै प्रयोगकर्ताको उमेरको प्रमाणिकरण चाहीँ विश्वासको भरमै हुनेछ । अर्थात् प्रयोगकर्ताले आफ्नो उमेर ढाँटेर टिकटकमा लगइन गरेको खण्डमा त्यसको चेकजाँच गर्ने कुनै संयन्त्र हुनेछैन ।

प्रयोगकर्ताको उमेरको प्रमाणिकरण तत्काल अमेरिकामा मात्र लागू हुनेछ ।

उता टिकटकले भने प्रयोगकर्ताको सुरक्षा तथा गोपनियतालाई आफुले गम्भीर रुपमा ख्याल गरेको बताउँदै यसमा आफु प्रतिबद्ध रहेको र सुरक्षाका विधिहरुलाई विस्तार गर्दै लगेको जनाएको छ।

स्मरण रहोस् टिकटक सन्२०१८ मा सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको छ । अहिले विश्वमा टिकटकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघिसकेको छ ।

अमेरिकी संघीय व्यापार आयोगका अनुसार म्युजिकली एपका अमेरिकी प्रयोगकर्ताको संख्या ६ करोड ५० लाख थियो । त्यसको ठूलो हिस्सा कम उमेरका बालबालिकाको रहेको थियो ।

टिकटकको मातृ कम्पनी बाइट डान्सले सन् २०१७ मा म्युजिकली एप खरीद गरेको छ । चिनिया कम्पनी बाइट डान्सले म्युजिकली खरीद गरेसँगै टिकटकमा विलय गराएको थियो ।

टिकटक एपमा प्रयोगकर्ताले छोटो आकारको भिडियो रेकर्ड गर्न, त्यसमा संगीत भर्न र त्यसलाई शेयर गर्न सक्दछन् ।

म्युजिकलीले सुरुका तीन वर्षसम्म प्रयोगकर्ताको उमेर सोध्ने गरेको थिएन । सन् २०१७ देखि नयाँ अकाउन्ट खोल्नेका लागि उमेर सोध्न थालिएको थियो र १३ वर्षभन्दा कम उमेरका बालबालिकाले म्युजिकली एपमा अकाउन्ट खोल्न नपाउने व्यवस्था गरियो । यद्यपि त्यस अगाडि नै म्युजिकली एपमा अकाउन्ट खोलेका हरुका लागि भने उमेरको कुनै बन्देज लागेन र आफ्नो अकाउन्टमा लगइन गर्दा जुनसुकै उमेरका पूराना प्रयोगकर्ताले सहजै म्युजिकली प्रयोग गर्न पाए ।

आयोगले गरेकेा अनुसन्धानका क्रममा म्युजिकली एपमा पूराना प्रयोगकर्ता मध्ये ठूलो संख्यामा १३ वर्षमुनिका रहेको पाइएको छ । उसले त्यस्ता केही अमेरिकी बालबालिकाको टिकटक अकाउन्ट पछिल्लो समयमा अभिभावकको मन्जुरी लिएर निस्त्रिmय समेत पारिदिएको छ । तर यसरी डिएक्टिभेट गरेका अकाउन्टहरुमा रहेका डाटाहरु वा पोष्ट गरेका भिडियोहरु भने हटाइएको छैन ।

संघीय व्यापार आयोगले म्युजिकली एपले बालबालिकाको अनलाइन गोपनियता संरक्षण म्बन्धी कानून उल्लंघन गर्ने कार्यको फलस्वरुप टिकटकमाथि जरिवाना लागेको जनाएको छ ।

साथै आयोगले कुनैप्नि बालबालिकाले टिकटक प्रयोग गरेको पाइएमा त्यसबारेमा उनीहरुका अभिभावकलाई जानकारी गराउन तथा बालबालिकाको डाटा कसरी संकलन गरिन्छ र प्रयोग गरिन्छ भन्ने विषयमा सजग हुन समेत टिकटलाई आदेश दिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment