News Summary
Generated by OK AI. Editorially reviewed.- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले संसदीय सुनुवाइमा जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका छन्।
- थापाले सन् २००० मा जापान गएर नेपाल चिनाउन ढाकाटोपी लगाएर कार्यक्रम चलाएको बताए।
- उनले पीआर त्यागेको विवरण जापानको इमिग्रेसनबाट परराष्ट्र मन्त्रालयमा आएको र श्रीमती तथा सन्तान नेपाली नागरिक रहेको बताए।
२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका छन् ।
संसदीय सुनुवाइमा उनले यस्तो बताएका हुन् । नेपाल जोड्न जापानमा रहँदा काम गरेको उनले सुनाए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको उनको भनाइ छ ।
सन् २००० मा जापान गएको उल्लेख गर्दै उनले नेपाल चिनाउनका लागि यस्तो काम गर्ने गरेको बताए ।
पीआर त्यागेको विवरण जापानको इमिग्रेसनबाट नेपालको परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको उनले बताए ।
‘देशकै लागि काम गर्न चाहेको र राजदूत बन्न अप्लाइ गरेको’ उनले बताए ।
थापाले पीआर लिएको र राजदूत हुन उनी अयोग्य रहेको भनेर उजुरी परेको थियो ।
पीआरबारे सांसदहरूले पनि प्रश्न गरे । जवाफमा उनले जापानमा आफ्ना श्रीमती र सन्तान नेपाली नागरिककै हैसियतमा रहेको बताए ।
प्रतिक्रिया 4