News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको ३३० औं बैठकले सुुमेद भट्टराईलाई कात्तिक १५ देखि लागू हुने गरी सीईओ नियुक्त गरेको छ।
- भट्टराई हाल बैंकका सिनियर डेपुटी सीईओ हुन् र उनको कार्यकाल ४ वर्षको हुनेछ।
- हाल बैंकको सीईओ अजयबिक्रम शाह छन्, जसको दुई कार्यकाल सकिन लागेपछि भट्टराई नियुक्त भएका हुन्।
२८ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुुमेद भट्टराई नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक १५ देखि लागु हुने गरी सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल भट्टराई बैंकको सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् ।
भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल बैंकको सीईओ पद अजयबिक्रम शाहले सम्हाल्दै आएका छन् । शाहको दुई कार्यकाल अवधि सकिन लागेसँगै भट्टराई सीईओमा नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4