News Summary
Generated by OK AI. Editorially reviewed.- शशिला मोटर्सको ४ दिने निःशुल्क सर्भिस क्याम्प कलंकी मैत्रीनगरस्थित शशिला सर्भिस सेन्टरमा सम्पन्न भएको छ ।
- क्याम्पमा हाइगर, किटोन, फराइजनलगायत ब्रान्डका सयौं ग्राहकले निःशुल्क सेवा लिएका छन् ।
- सर्भिस हेड विदेशमान सिंह डंगोलले दशैं विदा र शनिबार पनि सर्भिस सेन्टर खुला रहने र हटलाइन ९८१४५८८३३८ बाट सेवा लिन सकिने बताए ।
२८ असोज, काठमाडौं । शशिला मोटर्सको ४ दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । कलंकी मैत्रीनगरस्थित नेपालकै सबैभन्दा ठूलो ईभी सर्भिस सेन्टर (शशिला सर्भिस सेन्टर)मा चलेको क्याम्पमा हाइगर, किटोन, फराइजन लगायत ब्रान्ड सवारीका सयौं ग्राहकले निःशुल्क सेवा लिएका छन् ।
शशिला सर्भिस सेन्टर ईभी सर्भिसमा केन्द्रित अत्याधुनिक र सुविधासम्पन्न सर्भिस सेन्टर हो । २० वटा सर्भिस वे र दर्जनौं दक्ष प्राविधिक मार्फत सेवा दिइरहेको सर्भिस सेन्टरमा उच्च प्रविधियुक्त ब्याट्री मर्मत केन्द्र समेत रहेको छ । जहाँ ईभीमा देखिने सामान्य समस्यादेखि जटिल समस्याको समाधान सहजै उपलब्ध हुनेछ ।
शशिला सर्भिस सेन्टरका सर्भिस हेड विदेशमान सिंह डंगोलले ईभी गाडीमा प्रभावकारी सर्भिसको बहस चलिरहँदा आफ्ना ग्राहकमा यसले बिक्रीपछिको सेवा र विश्वसनियतालाई थप मजबुत बनाएको बताए ।
‘शशिला सर्भिसको हटलाइन नम्बर ९८१४५८८३३८ मा कल गरेर पनि ग्राहकले सेवा लिन सक्नेछन्’ उनले भने । दशैं विदा तथा शनिबार समेत सर्भिस सेन्टर खुला रहने उनले जानकारी दिए ।
शशिला मोटर्सका निर्देशक सचिन कायस्थले आफूहरुको प्राथमिकता विद्युतीय सवारी साधन बेच्नुमा मात्रै सीमित नरही बिक्रीपछिको गुणस्तरीय सेवा र पूर्वाधार प्रमुख रहेको र सो अनुरुप काम भइरहेको प्रष्ट पारे । उनले भविष्यमा नेपालको नम्बर १ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4