२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ जारी छ । सुनुवाइमा सांसदहरूले उनलाई प्रश्न गरिरहेका छन् ।
नेकपा एमालेका सांसद प्रेमप्रसाद दङालले सोधे, ‘२५ वर्ष बढी जापान बस्नुभयो। अब राजदूत भएर त्यहीँ गएपछि र राजदूतको पदावधि सकिएपछि नेपाल फर्किनु हुन्छ ?’
कांग्रेस सांसद आनन्द ढुङ्गानाले प्रस्तावित राजदूत थापाले विदेशी पीआर लिएको र छोडेको स्मरण गराए ।
‘नेपाली नागरिकता फाड्ने, विदेशी पीआर लिने र फेरि पीआर छाडेर नेपालको प्रतिनिधित्व गर्ने कुरा पत्याउन गाह्रो छ,’ ढुङ्गानाले भने ।
एमाले सांसद पद्मा अर्यालले जापानको पीआर लिएको, स्थानीय सरकारसँग काम गरेको, प्रस्तावित राजदूतको परिवारको पीआर कायमै रहेको भनेर जवाफ मागिन् ।
रास्वपा सांसद मधुकुमार चौलागाईंले भने, ‘पीआर त्यागेको रणनीतिक हो की होइन ?’
प्रतिक्रिया 4