Comments Add Comment

अन्तरीक्षमा यात्रा गराउन उड्यो अन्तरीक्ष यान

अन्तरीक्षमा यात्रा गर्न चाहने मानिसहरुका लागि व्यवसायिक उडान गराउने योजना बनाइरहेको स्पेस एक्स कम्पनीले अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट एक अन्तरीक्षयानको सफलतापूर्वक प्रक्षेपण गरेको छ । मानिसलाई अन्तरीक्षको यात्रा गराउनका लागि तयार पारिएको रकेटलाई परीक्षणको रुपमा अन्तरीक्षमा पठाइएको हो ।

यद्यपि उक्त रकेटमा हाल कुनै मानिसलाई राखिएको छैन । मानिसको साटो त्यहाँ एउटा रोबोटलाई राखिएको छ ।

यदि यो रकेटले अन्तरीक्षमा सफल यात्रा गर्न सकेमा स्पेस एक्सलाई अन्तरीक्ष यात्रामा मानिस पठाउने कार्यका लागि नासाले स्विकृति प्रदान गर्नेछ । जसबाट अन्तरीक्ष भ्रमणका लागि मानिसहरु रकेटमार्फत जाने बाटो खुल्नेछ ।

स्पेस एक्सका संस्थापक एलन मस्कका अनुसार अन्तरीक्षको व्यवसायिक पर्यटनको दिशामा यो पहिलो कदम सावित हुन सक्नेछ ।

सन् २०११ देखि अमेरिकाले आफ्नै यानमा कुनैपनि अन्तरीक्ष यात्रीलाई अन्तरीक्षमा पठाउन सकेको छैन । अन्तरीक्षमा अन्तरीक्षयात्रीहरु पठाउनका लागि अमेरिकाले रुसको सोयूज यानको प्रयोग गरिरहेको छ ।

स्पेस एक्सको फाल्कन ९ रकेट तथा ड्रागन क्रू क्याप्सुल इन्टरनेशनल स्पेस स्टेसनसँग मिल्नेछ । यो रकेटभित्र रहेको रोबोटमा लगाइएको सेन्सरले त्यहाँको अवस्था कस्तो छ र मानिसलाई कस्तो परिस्थितिको सामाना गर्नुपर्दछ भन्ने कुराको नियमित रुपमा जानकारी उपलब्ध गराउनेछ ।

उक्त रोबोट अन्तरीक्षयात्रीलाई स्पेस एक्सले रिपली नाम दिएको छ । जुन एलियन फिल्मको एउटा पात्रको नाम पनि हो ।

रकेट लञ्च गरेसँगै स्पेस एक्स कम्पनीका प्रमुख एलन मस्कले भनेका थिए, ‘सन् २००२ देखि यहाँसम्म आइपुग्नका लागि १७ वर्ष लागेको छ । साँच्ची भन्ने हो भने म भावनात्मक रुपमा तनावमा आएको थिएँ, किनकी यो सुपर स्ट्रेसफूल थियो ।’

उनी भन्छन्, ‘हामी नासाको आवश्यकता पूरा गर्ने कुरामा केन्दि्रत छौँ । तर ड्रागन क्याप्सुल ठिक ढंगले काम गरेपछि मात्र हामी आर्थिक रुपमा ग्राहकको खोजी सुरु गर्नेछौँ । नासाको रबैया यस मामिलामा सकारात्मक रहेको छ ।’ एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment