+
+
Shares

गगनको गलामा दुबोको माला (तस्वीरहरू)

पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा सभापति थापाको गलामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ लिए।
  • शपथ ग्रहण समारोहमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले थापाको गलामा दुबोको माला लगाइदिए।
  • थापा कांग्रेसको १५औँ महाधिवेशनमा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन्।

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा सभापति थापाको गलामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिए ।

अन्य नेताहरूले पनि उनलाई बधाइ एवं धन्यवाद ज्ञापन गर्दै माहोल सेलिब्रेट गरेका थिए ।

उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो ।

थापा आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन् ।

थप तस्वीरहरू–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?