Comments Add Comment

स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन ल्याउँदै सामसुङ

folding-mobile-samsungआखिर शाओमीजस्ता चिनियाँ कम्पनीहरु समेत फोल्डिंग स्क्रिनवाला फोनको डिजाइन तयार गर्ने कोसिस गरिरहेका छन् भने मोबाइल दुनियाको दिग्गज सामसुङ किन पछि पर्थ्यो र ?

इन्टरनेटमा आइरहेका विभिन्न खबरहरु अनुसार सामसुङले आउँदो वर्ष सन् २०१७ मा स्क्रिन फोल्ड हुने नयाँ स्मार्टफोन ल्याउँदैछ । ग्यालेक्सी एस एट र ग्यालेक्सी नोट एटसँगै सामसुङले स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन पनि ल्याउने तयारी गरिरहेको अनुमान गरिएको छ । उक्त फोल्डेड स्क्रिनवाला स्मार्टफोनको नाम ग्यालेक्सी एक्स हुने समेत लख काटिएको छ ।

डच टेक वेबसाइट ग्यालेक्सीक्लबले सामसुङको एक कोरियाली पेटेन्ट आवेदन फेला पारेको छ जसबाट फोल्ड हुने फोनका बारेमा जानकारी प्राप्त भएको हो । यसरी मोड्न सकिने स्मार्टफोनमा ब्याट्री कस्तो हुनेहोला भन्ने बारेमा चाहीँ प्रविधि विशेषज्ञहरुले भेउ पाउन सकेका छैनन् ।

स्मरण रहोस् सन् २०११ मै सामसुङले फोल्डेबल फोनको डमी बनाएर सार्वजनिक गरेको थियो । एक भिडियोमा उसले फोल्डेबल फोनको स्क्रिन पनि देखाएको थियो जुन पूर्ण रुपमा पारदर्शी थियो । अर्को वर्ष स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन बजारमा आउने भन्ने हल्लाको बारेमा सामसुङले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment