Comments Add Comment

जितेन्द्र मल्लको गजल: ‘निदा’को अभिनय गर्छन्

दुनियाँमा हर कोहीले मजाको अभिनय गर्छन्

कसैले मामा कसैले काकाको अभिनय गर्छन् ।

jitendra-malla

हिजो आज यसरी’नि जम्ने गर्छन् मेहफिलहरू,

कसैले सुनेको कसैले सुना’को अभिनय गर्छन् ।

 

स्टेयरिङ अर्कैको हातमा छ मनपरी घुमाइरहन्छ,

ड्राइभर-सिटमा बस्नेले चैं चला’को अभिनय गर्छन्

 

निदाएका भए बरू उठाउन सजिलो हुन्थ्यो ,

कसो गरौं यारहरू निदा’को अभिनय गर्छन् ।

 

जसले तानिरहन्छन् खुट्टा च्याप्प समातेर,

काँधमा राखेर माथि चढा’को अभिनय गर्छन् ।

आज फेरि हाम्रो घरमा सबलाई पुग्ने अन्न छैन,

आज पनि बाबा आमा अघा’को अभिनय गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment