Comments Add Comment

सुनसरीको एक पसलमा आगलागीमा पाँच लाखको क्षति

२८ कात्तिक,  सुनसरी । सुनसरीको औरावनी गाविस–२ मा शनिबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ ।

फाइल फोटो
फाइल फोटो

आगलागीमा परेर पसलभित्र रहेको सामग्री पूर्णरुपले जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको पसल सञ्चालक सुरेश चौधरीले बताए ।

विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयवासीले बताएका छन् ।  आगलागीलाई स्थानीयवासी र प्रहरीले संयुक्त रुपमा नियन्त्रणमा लिएको स्थानीयवासी सुरेन्द्र चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment