Comments Add Comment

राप्रपा नेपालसँग पार्टी एकता गर्ने राप्रपाको निर्णय

Kamal-Thapa-and-Pashupati

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

चाबहिलस्थित पार्टी कार्यालयमा सोमबार बसेको राप्रपाको केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो । पुरानै आधार पत्रका आधारमा पार्टी एकता गर्ने तयारी भइरहेको राप्रपाका सहप्रवक्ता किरण गिरीले बताएका छन् ।

राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले पनि पार्टी एकता प्रक्रिया पुनः अघि बढेको स्वीकार गरे ।

यो बीचमा कुनै अवरोध नआए मंसिर ६ गते राप्रपा र राप्रपा नेपालबीच एकताको घोषणा हुनेछ ।

यसअघि साउन २५ गते राप्रपा र राप्रपा नेपालको एकता घोषणा गर्ने तय भइसकेको थियो । तर, अघिल्लो दिन राप्रपाले प्रचण्ड सरकारमा सहभागी हुने निर्णय गरेपछि राप्रपा नेपालले एकता प्रक्रिया भंग भएको घोषणा गरेको थियो ।

अहिले अर्को निर्णय नहुँदासम्म सरकारमा रही रहने गरी एकता गर्न लागिएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment