Comments Add Comment

आलोपालो गरी पठाइन्छन् महिला प्रहरी

३० कात्तिक, रोल्पा । आवश्यक महिला प्रहरीको दरबन्दी नहुँदा रोल्पा जिल्लामा हुने महिलासम्बन्धी घटना अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको छ ।

Woman Policeजिल्लामा एक प्रहरी सहायक निरीक्षक, दुई हवल्दारसहित १८ जना मात्र महिला प्रहरी रहेका कारण जिल्लाका सबै प्रहरी चौकीमा महिला प्रहरी पठाउन नसकिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

जिल्लामा ३४ प्रहरी युनिट रहेकामा आठ युनिटमा मात्र महिला प्रहरी छन् । ती युनिट पनि कतिपय सुगम र कतिपय दुर्गममा पर्दछन् । ‘सबैलाई न्यायोचित ढङ्गले सुगम दुर्गम मिलाएर ‘रोटेसनमा’ पठाइन्छ’ घर्तीले भने ।

जिल्लाका अधिकांश युनिटमा रहेका प्रहरी ब्यारेक महिलामैत्री नभएका कारण पनि महिला प्रहरीलाई पठाउन समस्या भएको घर्तीले जानकारी दिए । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण समाजमा हुने घटनामा पीडक र पीडित दुवै महिला हुनेको मात्रा बढिरहेका कारण मौजुदा जनशक्तिले धान्न नसकेको घर्तीको भनाइ छ ।

विभिन्न गोष्ठी, सेमिनार, अनुगमनलगायतको अवसरमा जिल्लामा महिला प्रहरीको सङ्ख्या थप गर्न माग गरिएको भएपनि हालसम्म पूरा हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment