Comments Add Comment

एनआरएन अध्यक्षमा भट्ट उठ्ने संकेत

bhawan-bhatta-2बार्सिलोना । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उठ्ने संकेत गरेका छन् ।

राष्ट्रिय समन्वय परिषद स्पेनले मंगलबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टले यस्तो संकेत गरेका हुन् ।
संघको आगामी अधिवेशनमा लागि अध्यक्ष मध्येका एक दाबेदार ठानिएका भट्टले भने ” राष्ट्रिय समन्वय परिषदको समस्या र पीडा म आँफैले राम्रो सँग बुझेको छु, जापानको एनसीसी जिम्मेबारीले मलाई धेरै सिकाएको छ त्यसैले केन्द्रको नेतृत्व लिन पनि तयार छु ।” उपाध्यक्ष भट्टले एनसीसीमा थुप्रै समस्याहरु हुने भन्दै स्पेनको राष्ट्रिय समन्वय परिषदको कार्यालय सहयोगार्थ १ हजार ५ सय युरो सहयोग घोषणा समेत गरे ।

केन्द्रिय कोषाध्यक्ष हुँदै दुई पटकसम्म उपाध्यक्ष बनेका भट्टले भुकम्प पीडितका लागि एनआरएनको प्रतिबद्द्ता अनुसार एक हजार घर निर्माण गरि छाड्ने बताए । भट्टले भने,”गोर्खाको लाप्राकस्थित एकीकृत नमुना वस्तीको काम अगाडि बढीरहेको यसका लागि अध्यक्ष लगायत हाम्रो टिम लागि परेको छ ।”

उपाध्यक्ष भट्टले आगामी विश्व सम्मेलन अगावै एनआरएनको आफ्नै भवन निर्माण गर्ने लक्ष्य सहित काम द्रुत गतिमा बढीरहेको समेत जानकारी गराए । राष्ट्रिय समन्वय परिषदकाअध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अाईसीसी सदस्य एक राज गिरी, बार्सिलोना स्थित प्रर्यटन दुत दीपक खरेल लगायत स्पेन स्थित संघका प्रातिनिधिहरुले समेत बोलेका थिए ।

एनआरएनको आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय कुमार पन्त र भवन भट्टलाई हेरिएको छ । भट्टले पछिल्लो क्रममा आफ्नो सक्रियता युरोपका गैर अावासीयहरु माँझ बढाएका छन् । यस अघि पन्तले समेत अमेरिका तथा बेलायतमा पुगि छलफल तथा अन्तरक्रिया गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment