+
+

सीमांकनको नाममा नेपाल कित्ताकाट गर्ने प्रयासः ओली

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २ गते ११:१२

KP Sharma Oli, UML Chairman 1

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले पनि संविधान संशोधनको पक्षमा भए पनि केका लागि र कसका लागि संशोधन गर्नुपर्ने स्पष्ट हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले अन्तरिम संविधानमा भनेअनुसारको व्यवस्था गर्ने हो भने संविधान सभाको निर्वाचन नै आवश्यक नभएको बताए । ‘नेपालमा आएर जग्गेमा बस्यो, विवाह दर्ता गरेको छ कि छैन ? त्योभन्दा पहिला नागरिकता चाहिन्छ त्यति व्यवस्था त अन्तरिम संविधानले गरेकै छ ।’

‘अहिले बोर्डरमा बसेर नागरिकता दिनुपर्ने भन्दैछन् । यस्सो बोर्डरमा बस्यो बाबुको नाम के, आमाको नाम के ? भनेर सोध्यो नागरिकता दिएर पठायो । त्यस्तो कतै हुन्छ ? त्यसरी कसैले नागरिकता दिन्छ ? ओलीले प्रश्न गरे ।

आफूहरु संविधान संशोधनको पक्षमा भए पनि सीमांकनको नाममा मधेस र पहाडलाई छुट्याउन नहुने उनले बताए । ‘सीमांकनको नाममा नेपाल कित्ताकाट गर्ने प्रयास भैरहेको छ त्यो हुन सक्तैन,’ उनले थपे ।

पछिल्लो समय संविधान संशोधनको नाममा पैसाको खोलो बगाउने काम भैरहेको पनि उनले आरोप लगाए । ‘संविधान कार्यान्वयन हुन नदिन संशोधनको नाममा अनेक भ्रम छर्ने र पैसाको खोलो बगाउने काम भैरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?