Comments Add Comment

यसरी छुट्याउनुस् सक्कली भारु २०००

ic-2000
२ मंसिर, काठमाडौं । नक्कली नोटको व्यापक कारोबार र प्रधानमन्त्री नरेन्द्र मोदीको कालो धन निर्मुल गर्ने चुनावी अभियान सफल पार्न भारत सरकारले ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएर २००० दरका नोट प्रयोगमा ल्याउने शाहसी निर्णय गर्‍यो ।

२००० को नोट जबदेखि बजाएमा आएको छ त्यतिबेलैदेखि यसको नक्कली नोट पनि बजारमा पाइन सुरु भएको बताइन्छ ।

केहि मानिसहरुले आरोप लगाएका छन् कि दुई हजारको नोटको रंग खुइलिन थालेको छ या पानीमा भिजाउँदा रंग जान्छ । स्वाभाविक रुपमा यस नोटको असलियतमाथिको सवाल त उठ्नु नै थियो ।

मंगलबारको एक पत्रकार सम्मेलनमा भारतीय अर्थ मन्त्रालयका सचिव शक्तिकान्त दासले यसबारेमा जानकारी दिएका थिए की जुन नोटको रंग जान्छ त्यो सक्कली हो । यसैगरी जुन नोटको रंग जाँदैन त्यो नक्कली हो ।

२००० को सक्कली नोटमा भिजेको कपडाले पुछ्दा या पानीमा पर्दा बैजनी रंगको हल्का रंग जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment