Comments Add Comment

करोड क्लबमा ‘जात्रा’, बर्षा र विपिनलाई फाइदमाथि फाइदा

jatra-nepali-movie-5
राम्रो चलचित्र बनाएको खण्डमा दर्शकले पनि मन पराउँछन् भन्ने नजिता यो बर्ष देखिएको छ । यो बर्ष रिलिजमा आएका धेरै चलचित्र यस्ता छन्, जसले बक्स अफिस र समिक्षकको नजरमा पनि तारिफ पाएका छन् ।

‘कालो पोथी, गाजलु, वीर विक्रम, छक्का पन्जा, किस्मत २’ हिट चलचित्रको सूचीमा पर्दा अब अर्को चलचित्रले पनि कमाइमा करोड आँकडा पार गरेको छ । असोज २८ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रा’ पनि करोड क्लबमा प्रवेश गरेको जानकारी वितरण कम्पनी पपकर्नले दिएको छ । मल्टिप्लेक्समा राम्रो व्यापार गरिरहेको यो चलचित्रले ६ दिनमा १ करोड ५ लाख ग्रस कलेक्शन गरेको जानकारी प्राप्त भएको छ । एक सातासम्म चलचित्रको व्यापार १ करोड १५ लाख नजिक छ ।

दोश्रो सातामा पनि ठूलो बलिउड र नेपाली चलचित्र नहुँदा ‘जात्रा’ले फाइदा लुट्ने पक्का छ । अहिले नेपाली बक्स अफिसमा हिन्दी चलचित्र असफल र नेपाली चलचित्र सफल हुन थालेका छन् । यसैविच, चलचित्र ‘जात्रा’को सफताले यसका मुख्य कलाकारलाई फाइदा मिलेको छ । चलचित्र ‘छक्का पन्जा’को बम्पर व्यापारले दर्शकमाँझ चिनिएकी नायिका बर्षा राउतलाई ‘जात्रा’को सफताले फाइदामाथि फाइदा दिलाएको छ ।

हुनत, बर्षाको आजसम्म सोलो चलचित्र रिलिज भएको छैन । तर, पनि ‘नाई नभन्नु ल ४, छक्का पन्जा, जात्रा’ जस्ता चलचित्र चल्दा राउत नयाँ जेनेरेशनको आशालाग्दी नायिकाको सूचीमा पर्न थालेकी छिन् ।

प्रदिप भट्टराइको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रलाई रविन्द्र सिंह बाँनियाले निर्माण गरेका हुन् । ‘पशुपति प्रसाद’बाट कमाएको चर्चालाई कलाकार विपिन कार्कीले ‘जात्रा’मा पनि निरन्तरता दिएका छन् । जसले, उनीमाथि पनि अब चलचित्रकर्मीको लगानी पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment