Comments Add Comment

अष्ट्रेलियावासी नेपाली संगीतकर्मीको सृजना बजारमा आउँदै

music-video

लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका संगीतकर्मीहरुको संयुक्त प्रयासमा नयाँ आधुनिक गीत तयार भएको छ । ‘तिमी फुल बगैचाको म रस खोजी हिंड्ने भमरा’ बोलको यस गीतको म्युजिक भिडियो पनि बजारमा आउने तयारीमा छ ।

अष्ट्रेलियामा समाजसेवा तथा पत्रकारितामा पनि सक्रिय रहेका राम रुवालीको शब्दमा अष्ट्रेलियामै रहेका अनुभवी संगीतकार किरण भण्डारीले संगीत गरेका छन् । गीतको संगीत संयोजन पनि भण्डारीकै छ ।

यो गीतलाई युवा गायक बिकास उप्रेतीले गाएका हुन् । केहि दिनअघिमात्र नेपालमा छायांकन सकिएको गीतको म्युजिक भिडियोको पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।

म्युजिक भिडियोमा मनोज बिष्टको निर्देशन छ भने पुष्प र नम्रताले अभिनय गरेका छन् । ज्ञानेऽ शर्माको छायांकन रहेको उक्त म्युजिक भिडियो टेकेन्ऽ शाहले सम्पादन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment