+
+

भारु ५ सयका नोट चलाउन ममता र कम्युनिष्ट नेता एक मत

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते ९:०५

ic-varu-indian-currency५ मंसिर, भारत । पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भारु १ हजारको नोटमाथि लागेको प्रतिबन्ध ठिकै भए पनि ५ सयको नोटलाई भने सुचारु गर्नुपर्ने बताएकी छिन् ।

तीन दिनअघि दिल्ली पुगेर आन्दोलनको चेतावनी दिएकी ममताले पश्चिम बंगाल फर्किएपछि भनिन्– सरकारले ५ सयको नोटचाँहि चल्न देओस् ।

एक हजारको नोट खासै प्रयोग नहुने भन्दै मुख्यमन्त्री ब्यानर्जीले ५ सयको नोटमाथिको प्रतिबन्धले जनतालाई समस्या परेको बताइन् ।

तर, दिल्लीमा रहँदा ममताले केजरीवालसँग संयुक्त सभा गर्दै तीन दिनभित्र नोटबन्दीको निर्णय फिर्ता नलिइए आन्दोलनमा उत्रिने बताएकी थिइन् ।

त्यसैगरी भारतीय कम्युनिष्ट पार्टी सीपीएमले पनि ममताको जस्तै धारणा सार्वजनिक गर्दै कमसेकम ३० डिसेम्बरसम्म भारु ५ सयका नोटमाथिको प्रतिबन्ध हटाउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?