Comments Add Comment

१५ हजार भारु फिर्ता पाए, तर एक सय भारु नहुँदा लुटेराको कुटाई खाए

ic-5-hundred-and-1-thousandभारतको ग्रेटर नोयडामा गत मंगलबार मोटरसाइकलमा आएका दुइ लुटेराले एकजना कामदारको १५ हजार भारु लुटपाट गरे । विचरा ती चोरहरुको समय ठीक रहेनछ । उनीहरुले लुटेको रकममा सबै नोटहरु पाँच सय दरका मात्र रहेछन् ।

भारतमा अहिले पाँच सय र हजार भारुका नोट चल्दैनन् । लुटेराहरुलाई लुटेको रकम बैंकमा लगेर लामो लाइन लागेर साट्ने फुर्सद कहाँ हुनु ? उनीहरुले थकथकी मान्दै आफुले लुटेको रकम धनीलाई फिर्ता गरे । लुटिएको रकम फिर्ता हुनु पीडितका लागि कम्ता खुसीको कुरा थिएन । तर आखिर पुर्पुरोमा ठक्कर खान लेखेपछि के गर्नु ? उनलाई ती लुटेराहरुले पैसा फिर्ता गरेसँगै मज्जाले भकुरे । भकुर्नुको कारण थियो की उनको १५ हजार भारुमा एक सय दरका नोट एउटा पनि नहुनु ।

पीडित विकास कुमार ग्रेटर नोयडास्थित आएसर सेक्टरको निर्माणस्थलमा काम गर्छन् । मंगलबार राति झण्डै ११ बजे काम सकेर घर फर्किनका लागि उनी बस बिसौनीतर्फ जाँदै थिए । एक्कासी मोटरसाइकलमा दुइजना मानिस उनको नजिक आए र उनको पर्स थुतेर भागे ।

उनको पर्समा रहेको १५ हजार भारुमा सबै ५ सय दरका नोट थिए । पर्स चोरी भएपछि एकछिन अताल्लिएका विकासले पुलिसमा खबर गर्ने की चिच्याएर गुहार माग्ने भन्ने कुरा सोँचिरहेका थिए । तर तत्कालै आश्चर्यजनक रुपमा लुटेराहरु उनको नजिकै आए र लुटिएको पर्स फिर्ता दिए । १५ हजार भारु रकम सहित नै पर्स फिर्ता दिएपछि लुटेरामध्येको एकले उनको गालामा नराम्रोसँग झापड हान्दै भन्यो, एक सयका नोट किन राखेनस् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment