Comments Add Comment

तत्काल ठूला भारु साट्ने व्यवस्था मिलाउन व्यवसायीको माग

ic-varu-indian-currency
६ मंसिर, काठमाडौं । भारतले पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिवन्धसँगै भारतीय सीमा क्षेत्रका साना व्यापारीहरु मारमा परेको भन्दै व्यवसायीहरुले समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार गरेको छलफलमा सरोकारवालाहरुले भारतले ठुला दरका नोटमा लगाएको प्रतिवन्धसँगै नेपालमा रहेको पाँच सय र एक हजार दरका भारतीय नोट सहज रुपमा साट्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भारतले ठुला दरका नोटमा प्रतिवन्ध लागाएसँगै व्यवसायीले मजदुर, चालक र अत्यावश्यक काममा समेत भारतीय रुपैयाँ प्रयोग गर्न नपाएको गुनासो गरे ।

महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले खुल्ला सिमा र लामो समयदेखि नेपाल भारतको सांस्कृतिक, पारिवारीक र व्यापारीक सम्बन्ध रहेकाले भारतमा प्रतिवन्ध लागेका नोट नेपालमा सहज रुपमा साट्ने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्ने माग गरे ।

उनले तराई मधेसका स्थानियले अत्यावश्यक कामका लागि संचित गरेको भारतीय ठुला दरका नोट पनि सहज रुपमा साट्ने व्यवस्था मिलाउन राष्ट्र बैंकसँग आग्रह गरे ।

बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले ठुला दरका भारतीय नोट साट्न तत्कालका लागि देखिएको समस्या भन्दा पनि दीर्घकालीन रुपमा भारतीय नोटको व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले २५ हजार भारतीय रुपैयाँ मात्र राख्न पाउने नेपालको कानुन नै संसोधन गर्नुपर्ने बताए । अध्यक्ष शाहले २५ हजार भारतीय रुपैयाँले व्यवसायीहरुले कुनै पनि काम गर्न नसक्ने भएकाले समयअनुसार ऐन समेत संसोधन गर्नुपर्ने बताए ।

नेपालमा २५ हजार भारतीय रुपैयाँ मात्र राख्न पाउने कानुनी व्यवस्था छ । त्यसैगरी भारतीय लगायत अन्य विदेशी मुद्रा लिएको दुई वर्षभित्र सटही गरीसक्ुनपर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment