Comments Add Comment

ट्रम्पलाई हृवाइट हाउस प्रवेशमा रोक्ने प्रयास, ६ इलेक्टरले चलाए अभियान

donald-trump

८ मंसिर काठमाडौं । डेमोक्रेट मात्र होइन, आफ्नै पार्टी रिपब्लिकनका थुप्रै नेता र विश्व शक्ति विपक्षमा भए पनि डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भए ।

तर, उनलाई अझै हृवाइट हाउस प्रवेशमा रोक लगाउने प्रयास रोकिएको छैन । ट्रम्पलाई रोक्न भन्दै ६ डेमोक्रेट इलेक्टरले सम्झौता गरेका छन् र अभियान नै थालेका छन् ।

चुनाव जितेपनि राष्ट्रपति बन्ने ट्रम्पले अझै एक चरण पास गर्नुपर्छ, अर्थात २७० इलेक्टोरल कलेजको भोट पाउनुपर्छ । यसका लागि डिसेम्बर १९ मा मतदान हुनेछ ।

अमेरिकी राष्ट्रपति इलेक्टोरल भोटका आधारमा चयन हुन्छ, लोकप्रिय मतले होइन । हालै भएको चुनावमा धेरै मत त डेमोक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनले पाएकी थिइन् । उनले ट्रम्पले भन्दा १.७ मिलियन बढी मत पाएकी थिइन् ।

अहिले ट्रम्पलाई रोक्न भन्दै अभियान चलेको छ । धेरै राज्यले जसले चुनाव जित्यो, त्यहाँका इलेक्टरहरुले उसलाई मत दिनु पर्ने व्यवस्था छ । तर, मिसिगन, एरिजोना जस्ता राज्यमा छैन । त्यसैले त्यहाँ इलेक्टरहरुलाई ट्रम्पलाई भोट नदिन आग्रह गर्दै लगातार फोन आइरहेको छ ।

ट्रम्पलाई रोक्न लाग्ने इलेक्टरमा कोलोरडाका मिचेल वाका छन् । वाशिङटनका इलेक्टर पी किआफेलोले पनि उनको अभियानमा साथ दिएका छन् ।

मिसिगनका इलेक्टर माइक बानेरियन भने यो अभियानसँग सहमत छैनन् । मिसिगनका जनताले आफ्नो सन्देश दिएको भन्दै उनले आफ्नो काम उनीहरुको सन्देश पुर्‍याउनु भएके बताए ।

मिसिगनमा १६ इलेक्टोरल भोट छ । यसको औपचारिक घोषणा त भएको छैन् तर ट्रम्पको पक्षमा जाने पक्का छ । इरिजोनाका इलेक्टरहरुलाई भने ट्रम्पलाई रोक्न आग्रह गर्दै फोन कलका साथै इमेलहरु आएका छन् ।

समाचारहरुमा जनाइए अनुसार डिसेम्बर १९ को चुनावमा २७० इलेक्टोरल भोट पाइनन् भने ट्रम्प राष्ट्रपति हुने छैनन् । तर, यस्तो सम्भावना नगन्य मात्रामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment