Comments Add Comment

‘पुरानो डुङ्गा’ प्रिमियरमा दयाहाङ र मेनुका(फोटो फिचरसहित)

purano-dhunga-2
यो बर्षकै प्रतिक्षित चलचित्र ‘पुरानो डुङ्गा’को प्रिमियर काठमाण्डौको जय नेपाल हलमा गरिएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रले डुङ्गा चलाउने दाई र विग्रिएको भाइको सम्बन्धको कथा भन्छ ।

बेलायतबाट नेपाल आएर चलचित्रका मुख्य कलाकार दयाहाङ राई प्रिमियरमा उपस्थित भएका थिए । उनी, वुधबार बेलुकी चलचित्रका निर्देशक रामबाबु गुरुङसँग अष्ट्रेलिया शोका लागि प्रस्थान पनि गरे ।
purano-dhunga-1 purano-dhunga-3 purano-dhunga-5
प्रिमियरमा नायिका मेनुका प्रधान, कलाकार माओत्से गुरुङ उपस्थित थिए । तर, नायिका प्रियंका कार्की भने बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित हुन सकिनन् ।

प्रियंकाको अभाव महशुश हुन नदिन अन्य नायिकाहरु प्रिमियरमा सहभागी भए । नायिकाहरु केकी अधिकारी, वेनिशा हमाल, पूजा शर्मा, बर्षा राउत हलमा देखिए । नायक आर्यन सिग्देल पनि चलचित्र हेर्न पुगेका थिए । साथमा चलचित्रकर्मी, पत्रकारको बाक्लो भीड जय नेपाल हलमा देखिन्थ्यो । purano-dhunga-7 purano-dhunga-8 purano-dhunga-10
भोली शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रले मिश्रति प्रतिक्रिया पाएको छ । ‘कबड्डी र कबड्डी कबड्डी’ निर्देशन गरेका रामबाबुले यसपटक भने कमेडी भन्दा पनि गम्भिर बिषयलाई उठान गरेका छन् ।

माओत्से गुरुङ र मेनुका प्रधान चलचित्रको मुख्य हाइलाइटमा छन् । ‘नीर जहिले रिसाउने’ गीतका कारण यो चलचित्र चर्चामा छ ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment