Comments Add Comment

राजनीतिक र कानुनी लडाइको उपाय खोज्न एमाले बैठक बस्दै

uml-leaders

१० मंसिर, काठमाडौं । सरकारसँग तीब्र मतभेद बढिरहेका बेला प्रमुख विपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ बस्ने भएको छ । सरकारले संविधान संसोधन प्रस्ताव अघि बढाएपछि के गर्ने भन्ने रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

अध्यक्ष ओलीको निवास बालकोटमा साँझ पाँच बजे बस्ने बैठकले संविधान संसोधन विरुद्ध कानुनी लडाई लड्ने उपाय समेत खोज्ने स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।

एमालेले संविधान संसोधन विरुद्ध राजनीतिक र कानुनी लडाई सँगै लैजाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment