Comments Add Comment

हाडनाता करणीका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

१० मंसिर ,काठमाडौं । हाडनाता करणीका फरार अभियुक्त २४ वर्ष पछि पक्राउ परेका छन् ।

rebkumar-khatiप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नुवाकोट कल्याणपुरका रेवकुमार खातीलाई २४ वर्ष पछि ललितपुरबाट पक्राउ गरेको हो ।

ब्युरोका डीएसपी कमल थापाका अनुसार २०५१ सालमा खातीले आफ्नै भाउजुलाई करणी गरेका थिए । त्यही आरोपमा जिल्ला प्रहरी कार्यलयले नुवाकोटले चलाएको मुद्धामा जिल्ला अदालत नुवाकोटले खातीलाई ३ वर्ष कैद संजाय सुनाएको थियो ।

तर घटना लगतै खाती फरार भएका थिए । २०५१ साल वैशाख ५ गतेको फैसलाले दोषी ठहर भएका खाती २४ वर्ष पछि ललितपुरको बडीखेलबाट पक्राउ परेको डीएसपी थापाले अनलाइनखबरलाई बताए ।

घटना भएपछि फरार खाती २४ वर्ष नुवाकोट समेत गएका छैनन् । परिवारसँगको सम्पर्कमा पनि नजाने र नुवाकोटका मान्छेहरुसँग नभेट्ने खाती ललितपुरको गोदावरीमा फुलको व्यवसाय गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment