+
+

एमालेले संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्छः देउवा

रासस रासस
२०७३ मंसिर १२ गते १०:१५

Sherbahadur Deuba_1१२ मंसिर, वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले नेकपा (एमाले)ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गरे ।

सभापति देउवाले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसदमा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गरे ।

देउवाले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली कांग्रेसको धारणा रहेको बताए ।  पूर्व प्रधानमन्त्रीसमेत रहेका  सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली कांग्रेस सकारात्मक रहेको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?