Comments Add Comment

निखिल र वेनिशाको जोडी कति सुहायो ?

nikhil and benisha in king
चलचित्रमा फर्किएपछि नयाँ-नयाँ नायिकासँग जोडी वाधिरहेका नायक निखिल उप्रेतीले चलचित्र ‘किङ’मा भने नायिका वेनिशा हमालसँग जोडी कसे ।
यो चलचित्र पौष २९ गतेबाट नेपालभर रिलिज हुँदैछ । चलचित्रको टिजरपछि एक गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा निखिल र वेनिशाको प्रेम देखाइएको छ ।

सन्नी सुनाम र प्रविशा अधिकारीको स्वर रहेको ‘अधुरो थियो सपना’ बोलको गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । रामजी लामिछानेले यो चलचित्रलाई कोरियोग्राफी गरेका हुन् । बसन्त सापकोटा, दिनेश सुनाम र दीजेन्द्र डी कार्की यसका संगीतकार हुन् ।

चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नायक अनुपविक्रम शाही खलपात्रको रुपमा देखिएका छन् । संजय लामाको छायांकनपक्षले पनि भिडियोलाई उत्कृष्ट बनाएको छ ।

जगन श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । एक्सन, लभ स्टोरी कथामा बनेको यो चलचित्र नायक निखिल उप्रेती र नायिका वेनिशा हमालका लागि पनि विशेष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment