Comments Add Comment

रेखालाई ५ आरोपः ‘छोरी मान्छे घमण्डी भएकै राम्रो’

rekha-thapa_5-aarop
चलचित्र ‘डायरी’मा खलनायक बनेकि नायिका रेखा थापा अहिले होम प्रोडक्सनमा ‘कसले चोर्‍यो मेरो मन-२’ बनाउने तयारीमा छिन् । अभिनय र निर्माणमा सक्रिय रेखा आफुले बनाउने हरेक चलचित्रमा महिला शसक्तिकरणको आवाजले महत्वपूर्ण स्थान पाउने बताउँछिन् । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. तपाई त, माओवादी छाडेर राप्रपामा प्रवेश गर्दै हुनुहुन्छ भन्ने चर्चा छ, के तपाई अवसरवादी हो ?
खै कहाँवाट आयो यो कुरा मैले पहिलो पटक सुन्दै छु । अवसर पाइन्छ भन्दैमा पार्टीमा प्रवेश गर्ने मान्छे हैन म । अर्को कुरा म सधै कर्ममा विश्वास गर्छु । यदि राप्रपामा गएँ भने म पहिला तपाईहरुलाई खबर गर्छु अनि मात्रै जान्छु ।

२. तपाइलाई मानिसहरु निकै घमण्डी नायिकको रुपमा चिन्छन् ? आखिर किन यति धेरै घमण्ड गर्नुहुन्छ तपाई ?
मलाइ नबुझ्नेहरुले त्यसो भनेका होलान् । मसँग नजिक हुनेहरुलाई थाह छ म कति दिलदार छु । घमन्ड भन्ने कुरा सबैमा हुन्छ । कसैमा धेरै होला त कसैमा थोरै । घमण्ड हुनु आफैंमा नराम्रो पनि त हैन । छोरी मान्छे सोझी भएको भन्दा त अलिकति घमण्डी भएकै राम्रो हुन्छ नि । चाँहिदो कुरामा घमण्ड गर्छु पनि ।

३. चलचित्र त बनाउनु भयो तर, फर्मुला चलचित्रबाट कहिल्यै बाहिर निस्कन सक्नुहुन्न तपाई ? सधै एउटै खालका चलचित्र दर्शकलाई किन पस्कनुहुन्छ ?
हो, म यो स्विकार गर्छु । म धेरै कल्पनामा चलचित्र बनाउन सक्दिन । मेरो चलचित्रवाट अपेक्षा गर्ने केहि दर्शक छन्, म उनीहरुको माग पुरा गर्न चाहन्छु । हाम्रो समाज पुरुष प्रधान हो तर, मेरो चलचित्र नारी प्रधान हुन्छ । म कुनै पनि चलचित्रमा नारीलाई कमजोर बनाउन चाहन्न ।

४. आफै चलचित्र बनाउन अनि, आफै हाबी हुने ? के पैसा लगानी गरेको छु भनेर हो, आफै सवथोक बन्न खोज्नु भएको ?
कुनै पनि कलाकारले चाहँदैमा हाबी हुने होइन । हाबी वा कमजोर बनाउने दर्शकले हुन् । मेरो आफ्नै मात्रै हैन कतिपय बाहिरी ब्यानरका चलचित्रमा पनि म आफैं हाबी भएकी छु । त्यो पनि हेर्नु पर्‍यो । खाली आफ्नो चलचित्रमा मात्र हाबी भयो भनेर आलोचना गर्नु भएन ।

५. अब, तपाई हरेक किसिमको भूमिका नगरे लामो समय टिकिन्न भन्ने डरले ‘डायरी’मा खलनायिका बन्नु भएको हो ? दर्शकले त अहिले भूमिकामा विविधता खोज्ने कलाकारलाई माया गर्न थालेका छन् ?
यो त म मान्दै मान्दिन । ‘डायरी’मा म भिलेन बन्नुमा मेरो रहर भन्दा पनि साथीको आग्रह टार्न नसकेर हो । अर्को कुुरा भिलेन भन्ने बित्तिकै नकारात्मक रुपले हेर्नु भएन । मान्छे किन भिलेन हुन्छ भन्नेमा पनि ध्यान दिनु पर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment