Comments Add Comment

युवतीको कर्तूतः २० जना ब्वायफ्रेण्डलाई आइफोन सेभेन किनाइन्, सबै आइफोन बेचेर घर किनिन्

Iphonese2कुनै बेरोजगार मानिसले घर खरीद गर्नु भनेको कठीन कुरा हो । तर यसका लागि एकजना छट्टु चिनिया महिलाले भने घर किन्ने कुरा केवल समयको खेल हो भन्ने प्रमाणित गरिदिएकी छिन् । उनी घर खरीदका लागि यस्तो रोचक उपाय अपनाएकी छिन्, जो धेरैका लागि प्रेरणाको श्रोत पनि बन्न सक्छ ।

चीनको सेन्जेनकी ती महिलाका २० जना ब्वायफ्रेण्ड रहेछन् । ती सबैलाई फकाएर उनले आफ्नो लागि १।१ वटा आइफोन सेभेन किनाइन् । उनीसँग जम्माजम्मी २० वटा आइफोन भए । त्यसपछि उनले ती सबै आइफोन बेचिन् र त्यो पैसाले घर खरीद गरिन् ।

विबो सोसल साइटमा जियाओली नामले चिनिएकी ती युवतीले अनलाइनबाटै आइफोन बेचिन् र राम्रो रकम हात पार्न सफल भइन् ।

उनको त्यो किर्तिमानको सुरुवाती खुलासा उनको अफिसमा सँगै काम गर्ने सहकर्मीले एक ब्लगमार्फत गरिदिएका थिए ।
ती युवतीले आफुले किनेको घर आफ्ना साथीहरुलाई बोलाएर देखाइन् अनि घर किन्ने पैसा कसरी हात पर्यो भनेर पनि बताइन् । उनका कुरा सुन्दा सबैले जिब्रो टोक्नुको विकल्प थिएन ।

घर किन्न रोचक उपाय अपनाउने ती युवतीका बुवा आप्रवासी कामदार तथा आमा गृहिणी रहेको बताइएको छ । उनी घरकी जेठी छोरी रहेको र परिवारको जिम्मेवारी बहन गर्नका लागि उनले यस्तो तिकडम अपनाएर घर किन्न सफल भएको उनका सहकर्मीले बताएका छन् ।

ती युवती अहिले सोसल मिडियामा सेलिब्रेटी बनेकी छिन् । उनलाई सोसल मिडियामा धेरैले बधाइ दिएका छन् भने कतिपयले लाज नभएकी भनेर हप्काएका पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment