+
+

संशोधनको पक्षमा दुई तिहाई पुग्न दिन्नौंः योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १५:१७

yogeshs

१७ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको पक्षमा संसदमा दुई तिहाई पुग्न नदिने बताएको छ । एमाले सचिव योगेश भट्टराईले जनशक्तिको बलमा बिधेयक फिर्ता लिन सरकारलाई बाध्य पार्ने दाबी गरे ।

एमालेले प्रदेश नम्बर ५ को सीमांकन हेरफेर गर्ने गरी आएको संशोधनविरुद्ध जारी आन्दोलनलाई शान्तिपूर्ण र संयमित बनाउन भातृ संगठन र कार्यकर्तालाई निर्देशन दिएको छ । शुक्रबार अनलाइन सञ्चारमाध्यमका पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले ५ नम्बर प्रदेशमा जनताको स्वस्फूर्त आन्दोलनलाई व्यवस्थित बनाउन पार्टीले पहल गरेको समेत बताए ।

आन्दोलनका क्रममा सकेसम्म बन्द हड्ताल नगर्ने र जनजीवनलाई सामान्य बनाइराख्ने नीति रहेको भट्टराईले बताए ।

उनले भने-प्रदर्शनका क्रममा व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिने र जातीय साम्प्रदायिक भौगोलिक एकताप्रति संवेदनशील हुने हाम्रो निर्देशन छ ।’

संविधान संशोधन विधेयकमा स्वयम सत्तारुढ दलका सांसद र मधेसी मोर्चा समेत सहमत नभएको भन्दै भट्टराईले कसका लागि ल्याइयो भने थप रहस्य बनेको बताए । भट्टराईले भने-नेपालको ऐतिहासिक संविधानसभाबाट निर्माण भएको संविधानलाई स्वागतको एक शब्द व्यक्त नगर्ने तर नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध दर्ता भएको संसोधन बिधेयकप्रति भने प्रशन्नता व्यक्त गर्ने भारतीय सत्तापक्षको व्यवहारले यो बिधेयकको उत्पतिको वास्तविकता सजिलै बुझ्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?