Comments Add Comment

ट्रकको ठक्करबाट युवाको ज्यान गयो

१९ मंसिर, कास्की । पोखरामा आइतबार विहानै भएको दुर्घटनामा एक युवाको ज्यान गएको छ भने अर्का एक युवा घाइते भएका छन् । पोखराको चाइनापुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पोखरा-१५ खाल्टेमसिनाका १९ वर्षीय असिम गुरुङको ज्यान गएको हो ।

Accidentविहान करीब ६ बजेको समयमा बुद्धचोकबाट पृथ्वीचोकतर्फ आइरहेको ग १ ख ४३८५ नम्बरको ट्रकले सोही दिशाबाट आइरहेको ग २ प १०६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते भएका थिए । टाउको र शरिरमा गम्भीर चोट लागेका उनलाई उद्धार गरी तत्कालै गण्डकी मेडिकल कलेज लगिएको थियो । उनको उपचारको क्रममा विहान ७ः१० बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका सामान्य घाइते रोशन गुरुङ भने उपचार पछि घर फर्केका छन् ।

ठक्करपछि ट्रक चालक ट्रक छाडेर फरार भएका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment