Comments Add Comment

सरकारले नै द्वन्द्वपीडितलार्इ पक्षपात गरेको गुनासो

Satya-Nirupan

२२ मंसिर, काठमाडौं । द्वन्द्वपीडित राष्ट्रिय समाजले सरकारले द्वन्द्वपीडितका समस्या समाधानमा पक्षपात गरेको आरोप लगाएको छ ।

समाजले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवासमा ज्ञापनपत्र बुझाउँदै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग राजनीतिक हस्तक्षेपको मारमा परेको जनाएको हो ।

समाजका अध्यक्ष कुलबहादुर गुरुङले सत्य निरुपण आयोगमा प्रजातान्त्रिक विचारका सदस्यको मत अल्पमतमा पारिँदै आएबाट आयोग पीडितमुखी नभइ पीडकमुखी बन्दै गइरहेको गुनासो गरे।

उनले तत्कालीन माओवादीबाट कब्जा गरिएका जग्गा जमिन फिर्ता गर्ने सम्बन्धमा सर्वाेच्च अदालतबाट भएका आदेश समेत सरकारबाट पालना नभएकामा सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।

सभापति देउवाले द्वन्द्वपीडितका समस्या निष्पक्ष रुपमा समाधानका लागि आफूले सरकारसँग कुरा गर्ने आश्वासन दिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment