Comments Add Comment

यस्तो छ ‘यो साइनो मायाको’को टिजर

yo-sanino-maya-ko-photo
चलचित्र ‘यो साइने मायाको’को टिजर सार्वजनिक गरिएको छ । टिजरले चलचित्रको जनरा प्रष्ट्याएको छ । चलचित्र पूर्ण रुपमा लभस्टोरी कथामा निर्माण भएको वुझिन्छ ।

मञ्जिना मुभी क्रियशनको व्यानरमा बनेको यो चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरे मुख्य भूमिकामा छन् । साथमा किशोर भण्डारी, राजु कमेडी, नवनित राज प्रधान, गौरव खतिवडा, विशाल श्रेष्ठ, प्रजिला थाला, कशिश शर्माको पनि अभिनय देख्न सकिन्छ ।

यो चलचित्रमा संगीत कुन्दन थापा र विकेश के शंकरको छ भने मन्जिना ताम्राकारको कथा समावेश छ । चलचित्रको पटकथा निर्देशक प्रधानले लेखेका छन् । बाबुराम नेपालीको छायांकन रहेको चलचित्रलाई रामकुमार श्रेष्ठ, सुरेश भण्डारी, ज्ञानु रोए,विरोज ताम्राकार ले मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment