Comments Add Comment

४० प्रतिशत दृश्य ड्रोनले खिच्ने जीवनको घोषणा

jiwan-and-barsa-2
काठमाण्डौको बबरमहलमा रहेको ‘ओलिज स्टोर’ले क्यामेरामा नयाँ प्रविधी भित्राएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नयाँ क्यामेराहरु सार्वजनिक गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक जीवन लुइटेल र नायिका बर्षा सिवाकोटीले संयुक्त रुपमा नयाँ क्यामेराको उद्घाटन गरे । सन् २००७ मा स्थापना भएको ओलिज स्टोरले डीजेआइ कम्पनी लगायतका विश्वका चर्चित कम्पनीका नयाँ नयाँ ब्रान्ड भित्राउँदै आएको छ ।
jiwan-and-barsa-1 jiwan-and-barsa-7 jiwan-and-barsa-8
ओलिजले फान्टम, माभिक, ओज्मो, रोनिन लगायतका प्रोडक्टहरु बजारमा ल्याएको बताएको छ । यसका संचालकले अनलाइनमार्फत पनि बुकिङ गर्न सक्ने बताए । नेपाली चलचित्र क्षेत्रका लागि आवश्यक पर्ने मल्टिकप्टर, ओज्मो क्यामेरा गियर, ओज्मो प्रो, प्यान्टम फोर लगायतका क्यामेरा ओलिजमा पाउन सकिनेछ ।

चलचित्र क्षेत्रमा नयाँ-नयाँ प्रविधी भित्रिरहेको समयमा यी प्रविधीले उत्कृष्ट दृश्य पर्दामा देखाउन मद्दत गर्ने यसको संचालकले विश्वास गरेका छन् । कार्यक्रममा पुगेका नायक जीवन लुइटेलले आफूले हरेक बर्ष निर्माण गर्ने चलचित्रका ४० प्रतिशत दृश्य खिच्न ड्रोन प्रयोग गर्ने बताए । नायिका बषर्ा सिवाकोटीले यी प्रविधीले चलचित्र हेर्ने दर्शकको आँखामा अझ शितलता प्रदान गर्ने बताइन् ।
jiwan-and-barsa-10
यसैविच, ओलिज स्टोरले व्रान्ड प्रवर्द्धनका लागि फोटो पत्रकार क्लबका महासचिव श्रीधर पौडेललाई ब्रान्ड एम्ब्यासडर पनि नियुक्त गरेको छ । पौडेलले ब्रान्ड एम्ब्यासडर नियुक्त भएपछि क्यामेरा छायांकारहरुलाई सरल तरिकाले उत्कृष्ट दृश्य कैद गर्न यी प्रोडक्टहरुले सहज बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment