Comments Add Comment

यस्तो छ वंगलादेशमा खिचिएको ‘आँखैले आँखाको’ बोलको गीतको भिडियो

samparpan
निर्देशक बसन्त निरौलाले निर्देशन गरेको नयाँ चलचित्र ‘समर्पण’को प्रचारका लागि यसको निर्माणपक्ष देश दौडाहामा छ । काठमाण्डौ बाहिरको प्रचार सकेर अहिले यसका कलाकार काठमाण्डौ आइपुगेका छन् ।

चलचित्र चल्न १५ दिन बाँकी रहँदा यसको निर्माणपक्षले ‘आँखैले आँखाको’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । यो गीतको छायांकन बंगलादेशमा गरिएको हो ।

टंक बुढाथोकीको शब्द, संगीत र स्वर रहेको यो गीतमा टंक र मनिषा पोखरेलको स्वर छ । चलचित्रमा कैलास तामाङ, रन्जु शर्मा, रुविना शर्मा, अनु पराजुली, आशा भुषाल, रोशन रखाल, विश्व लामा, प्रयास लामा लगायतका कलाकारको अभिनय छ । रोजन रखालको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई इमराज सिदिकीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment