Comments Add Comment

‘हिटलर’मा सोहित र समियाको यस्तो रोमान्स

sohit-and-samiya
चलचित्र ‘हिटलर’को हाल धमाधम छायांकन भैरहेको छ । यो चलचित्रमा नायक सोहित मानन्धर र नव-नायिका समिया बर्तौलाविचको रोमान्स देखाइएको छ ।
अष्टनारायण पिक्चर्सको निर्माणमा तयार भैरहेको यो चलचित्रमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्को पनि निर्माण सहकार्य छ ।
sohit-somiya-romanche
चलचित्रलाई सौरभ ढकालले निर्देशन गरिरहेका छन् । निर्माणपक्षले अनलाइनखबरलाई उपलब्ध गराएको तस्बिरमा सोहित र समियाको रोमान्स देख्न सकिन्छ ।
नाम ‘हिटलर’ भएपनि चलचित्र रोमान्टिक कमेडी हो । निर्देशक ढकालले भने-‘दर्शकलाई नाम सुन्दा चलचित्रमा एक्सन धेरै होला जस्तो लाग्छ । तर, हामी रोमान्टिक कमेडी जनरामा चलचित्र निर्माण गरिरहेका छौ ।’
sohit-samiya-in-romeo
चलचित्रमा चिनिमाया मानन्धर निर्माता, त्रिरत्न मानन्धर कार्यकारी निर्माता छन् । सौरभ ढकाल र लोचन घिमिरे चलचित्रका सह-निर्माता हुन् । sohit-in-hitlor

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment