+
+

रिंगेटको भाउ १८ वर्ष यताकै न्युन, मलेसियामा कार्यरत नेपाली मर्कामा पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ४ गते १३:४७

malaysian-ringet
४ पुस, काठमाडौं । १८ वर्षमा पहिलोपटक मेलेसियाली मुद्रा रिंगेट डलरको तुलनामा सबैभन्दा तल्लो तहमा आइपुगेको छ । सन् १९९८ मा एशियामा भएको वित्तीय संकटयता रिंगेट डलरको तुलनामा हालसम्मकै कमजोर भएको हो ।

प्रति डलरको लागि कारोबारीले ०.१ प्रतिशतले बढी रिंगेट तिर्नुपर्ने भएको हो । प्रति डलर ४.४८ रिंगेट विनिमय दर कायम भएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव यता रिंगेट ६ प्रतिशतले सस्तो बनेको ब्लुमबर्ग लगायतले उल्लेख गरेका छन् ।

उदाहरणको लागि केही महिनाअघि १ हजार रिंगेट रेमिट्यान्स पठाउँदा यहाँ नेपालमा रहेका उसका आफन्तलेे २६ हजार रुपैयाँ (विनिमय दर २६ रुपैयाँको आधारमा) प्राप्त गर्दथे भने अहिलेको अवस्था मात्रै २२ देखि २३ हजार प्राप्त गर्ने अवस्था छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि प्रति रिंगेटको विनिमय दर २४ रुपैयाँ २८ पैसा तेकेको छ । गतवर्ष प्रति रिंगेट २७ रुपैयाँ २८ पैसासम्म पुगेको थियो । डलरको तुलनामा रिंगेटमा भइरहेको अवमूल्यन हेर्दा प्रति रिंगेटको विनिमय दर २२ देखि २३ रुपैयाँ हुने सम्भावना रहेको छ ।

तर, अहिले डलर सबै मुद्राको तुलनामा बलियो भएकोले पनि यस्तो परिदृश्य देखिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म ढुंगाना बताउछन् ।

‘यो मुद्रामा मात्रै होइन हेर्नुभयो भने पाउण्डमा पनि यस्तै देखिन्छ,’ ढुंगानाले भने । हालै अमेरिकी केन्द्रीय बैंक फेडले आधार व्याजदर ०.२५ प्रतिशतले बढाएपछि अमेरिकी डलरको भाउ बढेको हो । विश्वभर डलरको मागमा पनि वृद्धि भइरहेको छ । ढुंगाना फेडले पुनः व्याजदर बढाउन सक्ने आशंका कामय रहेकोले पनि डलरको भाउ उकालो लाग्दै गइरहेको बताउछन् ।

मलेसियामा रहेका नेपालीको कमाइ रिंगेटमा हुने भएपनि उनीहरुले डलरमा रेमिट्यान्स पठाउने गरेका छन् । उनीहरुको आम्दानीमा कटौती नदेखिएपनि डलरसँगको विनिमय दरले त्यहाबाट नेपालले प्राप्त गर्ने रेमिट्यान्समा भने प्रभाव पर्ने अनुमान गरिएको छ ।

तर राष्ट्र बैंक भने पछिल्लो समय मलेसियाबाट रेमिट्यान्स भित्रने क्रम घटिरहेकोले रिंगेटको अवमूल्यनले ठुलो प्रभाव नपर्ने मान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?